वन मन्त्रालयका सचिव कोइरालालाई बुढीतोला महोत्सवमा ५ किलोको मालाले सम्मान

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ स्थित बुढीतोलामा आयोजित ‘बुढीतोला पर्यटन महोत्सव’को समापन समारोहमा सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालालाई ५ किलोको मालाले सम्मान गरिएको छ ।

आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिले समारोहका प्रमुख अतिथि समेत रहेका कोइरालालाई ५ किलोको मालाले सम्मान गरेको हो ।

nisarga

सम्मान गर्दै समितिले बुढीतोला क्षेत्रको पर्यटन प्रवृद्धनका लागि कोइरालालाई ५ बुँदे मागपत्र पनि पेश गरेको छ ।