आज यी स्थानमा हुन सक्छ भारी वर्षा

Image
maya metro

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार (असोज ११) दिउँसो सबै प्रदेशका अधिकांश भूभागमा बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

nisarga

सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै, लुम्बिनी प्रदेशका तराई भू-भागका केही, वाग्मती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै तथा कोसी र मधेस प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।