
नेपाली बजारमा आज (मंगलबार) पनि सुन-चाँदीको भाउ घटेको छ।
सोमबार प्रतितोला पाँच हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।














