
काठमाडौं – देशका धेरै भूभागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भूभागमा बादल लाग्नेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार लिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
बंगालको खाडीमा विकसित उक्त न्यूनचापीय क्षेत्र आज गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्छ । त्यसपछि आज बिहानसम्म चक्रवात बन्न सक्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसपछि त्यो प्रणाली अझ शक्तिशाली बन्दै अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा त्यससँग जोडिएको दक्षिण ओडिसाको तटीय क्षेत्रमा अगाडि लाग्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।
बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेनीय परिवर्तनको सम्भावना नरहेको महशाखाले जनाएको छ ।




























