असोज महिनामा ८४ लाखभन्दा बढीको अवैध सामान बरामद

Image
फाइल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरको विभिन्न क्षेत्रबाट प्रहरीले ८४ लाख रुपियाँ बढीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न क्षेत्रमा गरिएको कारबाहीको क्रममा किराना सामान, मोटरसाइकल, मदिरा, कस्मेटिक सामग्री, कपडाल गायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले असोज महिनामा जिल्लास्थित विभिन्न सिमा इलाकामा गरिएको कारबाहीको क्रममा ८४ लाख आठ हजार मूल्य बराबरको अवैध भन्सार छलीका सामग्री बरामद गरिएको बताए ।

nisarga

उनका अनुसार भन्सार छलीका सामान सहित ८ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ । त्यसैगरी, गत महिनामा खुला सिमा नाकाबाट ल्याएको ८६ ग्राम खैरो हेरोइन, १२६ एम्पुल फेनारगन, समेत स्पास ४०८ क्याप्सुल र ट्रामाडोल ८७ ट्याब्लेटसहित ३४ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रनाउ रावतले जानकारी दिए ।

प्रहरीले खुला नाका क्षेत्रमा विशेष निगरानी बढाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा ४३० लिटर घरेलु मदिरा समेत नष्ट गरेको जनाएको छ ।