मृत बच्चा जन्माएकी १७ वर्षीया किशोरीको एक हप्तापछी हेलिकप्टर मार्फत उद्धार

Image
maya metro

अछाम – अछाममा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।सुत्केरी पछि स्वास्थ्यमा जटिल समस्या आएपछि थप उपचारका लागि ढकारी गाउँपालिका वडा नम्बर ७ का गौरी नेपालीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ निवासी लक्ष्मण ढोलीकी १७ बर्षीया श्रीमती गौरीको ६ दिन अगाडी घरमै सुत्केरी भई स्वास्थ्यमा समस्या बढ्दै गएपछि जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत कर्णाली प्रदेश क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा हेलिकप्टर मार्फत उद्धार गरेर पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले जानकारी दिएका छन् ।

nisarga

१२ गते घरमै व्यथा लागेकी गौरीको कोखबाट १३ गते मृतक बच्चा जन्मेको थियो ।

कम उमेरमा बच्चा जन्माउनुका कारण महिलाको स्वास्थ्यमा रक्तचाप र अक्सिजनको मात्रा न्यून हुँदै गएकाले जिल्ला अस्पतालमा करिब १ हप्तापछि मात्रै पठाउँदा समस्या आएको जनाईएको छ ।

 रगत र अक्सिजनको मात्रा कम हुँदै जाँदा महिला काँप्दै गएपछि परिवारले उपचारका लागि स्वास्थ्य संस्थामा लैजानुको साटो झारफुकमा लाग्दा स्वास्थ्यमा थप समस्या आएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी गङ्गा बुढामगरले बताएका छन् ।