राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा बस्नेत

Image
maya metro

काठमाडौँ – राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिए।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समिति गठनको सिफरिसमा बस्नेतलाई नियुक्त गरिएको हो। सरकारले २०७२ सालमा राष्ट्रिय युवा ऐनमार्फत युवाको क्षेत्रमा काम गर्नका लागि परिषद् गठन गरेको हो । परिषद्ले अहिले युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

nisarga

यसअघि परिषद्को कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल रहेका थिए। झापा दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्। बस्नेतले अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष, सचिव र प्रवक्ता समेत भइसकेका छन्।