हल्का वर्षा र हिमपातको सम्भावना

Image
maya metro

काठमाडौं – नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

nisarga

राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराइका थोरै भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।