डोटीमा बँदेलको आक्रमणबाट एक बालक घाइते

Image
maya metro

डोटी – डोटीमा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन्। जिल्लाको आदर्श गाउँपालिका -४ हेन्नेकाँडाका दान बहादुर नेपालीका १५ वर्षीय छोरा गणेश नेपाली घाइते भएका हुन् ।

बिहीबार गाउँ नजिकैको जङ्गलमा गोरुबाख्रा चराउन गएका बेला बँदेलले आक्रमण गरेको प्रहरीले जनाएको छ।

nisarga

बिहीबार उपचारका लागि दिपायल ल्याएका नेपालीको उपचार जिल्लामा सम्भब नभए पछि कैलाली पठाइएको थियो । कैलालीमा पनि उपचार सम्भव नभए पछि नेपालगन्ज लगिएको घाइते बालकका आफन्त रमेश नागरीले बताए । नेपालगन्जमा पनि उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको बताउँदै उनले घाइते बालकलाई काठमाडौं लग्ने तयारी भइरहेको बताए ।

बालकको खुट्टामा गम्भीर चोट लागेको छ। उनको खुट्टाको नसा चुँडिएकाे छ ।