नेप्से सूचक १३.४८ अङ्कले घट्यो

Image
maya metro

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको छ । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिरजस्तै रहेको छ । नेप्सेका अनुसार आज ०.३९ अङ्कले बढेको सेन्सेटिभ ८३८.९३ विन्दुमा अडिएको छ ।

आज माइक्रोफाइनान्स र लगानी उपसमूह बाहेकका सबैजसो उपसूचक ऋणात्मक भएका छन् । नेप्सेका अनुसार १३ अङ्कमाथिले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ । आज एक करोड कित्ता भन्दा माथिको सेयर बजारमा ६९ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

nisarga