
डडेल्धुरा – प्रहरीले डडेल्धुरामा अवैध मदिरा नष्ट गरेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका ५ रेलबाट प्रहरीले ७० पेटी अवैध मदिरा बरामद गरि नष्ट गरेको हो।
कोरालखोलाबाट मदिरा ल्याइरहेको खबर प्राप्त गरेपछि प्रहरीलाई खबर गरेको र वडा नम्बर ५ रेलबाट मदिरा बरामद गरिएको वडाध्यक्ष धर्मराज पडालले बताए। बरामद गरिएको मदिरा प्रहरीले स्थानीय र जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको बताइएको छ।
















