धनगढीमा सोमबारदेखि सुरु एलपीएलको मेयर वडद्धारा उद्घाटन

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको एलपिएलको उपमहानगरपालीकाका मेयर नृप वडले उद्घाटन गरेका छन् ।  १९ वर्षमुनिको बिद्यालय स्तरीय ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’मा सत्यवती एकेडेमीले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको छैठौं संस्करणको उद्धघाटन खेलमा सत्यवती एकेडेमीले लिटल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गरेको हो।

खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पुरै २० ओभर ब्याटिंग गर्दै ८ विकेटको क्षतीमा १२४ रन मात्र बनाउन सक्यो। लिटल फ्लावरको ब्याटिंगमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका निरज भट्ट र युवराज खत्रीले समान दुई÷दुई विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान एक/एक विकेट लिए।

nisarga

यसअघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतीमा १९७ रन बनाएको थियो। उसका लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए। यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए। लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई÷दुई विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए। प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्।पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो गुरुकुल मडियम स्कुल र स्टेपिंगस्कुलले प्रतिस्पर्धा गर्नेछन्। यसअघि प्रतियोगिताको धनगढीका मेयर नृपबहादुर वडले उद्धघाटन गरेका थिए। आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्याकारी निर्देशक रामचन्द्र शाहीले क्रिकेटको जग बलियो बनाउनका लागि ६ वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको बताए।