२२ लाख भन्दा धेरैले पाएनन् इमर्जिङ नेपालको आईपीओ

Image
maya metro

काठमाडौं – ईमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) ५१ हजार ६७० जनाले १० कित्ताका दरले पाएका छन् । आवेदकहरु मध्येबाट बुधबार गरिएको गोला प्रथामा ५१ हजार ६७० जनाले १० कित्ताका दरले र यसमध्येकै ८ जनाले ११ कित्ताका दरले आईपीओ हात पारेका हुन् ।

कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

nisarga