पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

Image
maya metro

काठमाडाैं – अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाे नेपाल आयल निगम लिमिटेडले जनाएकाे छ।

निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य पठाएको जानकारी दिएको हो।

nisarga

नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएकाे छ। नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएकाे छ।