तरलता अभाव कम गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

Image
maya metro

काठमाडौं – फागुन लागिसक्दा पनि वित्तीय प्रणालीमा तरलता समस्या समाधान नभएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । अपेक्षित रुपमा सरकारी खर्च नभएपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न सकेको छैन, बरु घट्दो क्रममा छ । यही कारण बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप ९सीडी० अनुपात ९० प्रतिशतको निर्देशित सीमा भन्दा माथि पुगिसकेको छ ।

तरलताको समस्या समाधान गर्नकै लागि राष्ट्र बैंकले आउटराइट पर्चेज ९सोझै खरिद बोलकबोल० मार्फत उल्लेखित रकम बजारमा पठाउन लागेको हो । यसको अवधि ६ महिना ९आउँदो असारसम्म० हुने राष्ट्र बैंकले जनाएको छ । यो प्रक्रियामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको नेपाल सरकारको ट्रेजरी बिल्स खरिद गर्छ ।

nisarga

त्यसो हुँदा ट्रेजरी बिल्सको बिक्री गरेको पैसा बैंकहरुमा जान्छ । यो प्रक्रियाका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाले आज ९बिहीबार० दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले भोलि ९शुक्रबार० मात्र खरिद गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बुधबारसम्म वित्तीय प्रणालीमा करिब १६ अर्ब रुपैयाँ मात्र अधिक तरलता छ । तरलता अभाव भएकै कारण बुधबारमात्र बैंक तथा वित्तीय संस्थाले ३७ अर्ब २६ करोड रुपैयाँ अल्पकालीन सापटी ९एसएलएफ० लिएका छन् ।