डडेल्धुरामा दर्जनौँ यात्रु बोकेको बस ठुलो दुर्घटनाबाट जोगियो

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा दर्जनौँ यात्रु बोकेको बस ठुलो दुर्घटनाबाट जोगीएको छ । प्रहरीका अनुसार कैलालीको टीकापुरबाट अछामको कमलबजारका लागि छुटेको ना६ख १६५० नम्बरको बस गन्यापधुरा गाउँपालिका-३ जक्सन होटेल नजिक सडकमा रहेको माटोको ढिस्कोसँग ठोक्किएको थियो।

बसको अगाडिको भाग सडकबाहिर पुगेको भएपनि दुर्घटना हुनबाट जोगिएको बताइएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले बताएको छ। बस चालक हरि भट्टराई र सहचालक फरार रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालकको ठेगाना र सहचालको परिचय भने खुलेको छैन। दुवै जनाको खोजी कार्य भइरहेको जनाईएको छ ।

nisarga