
बैतडी – बैतडीमा विभिन्न पार्टी परित्याग गर्दै ८३ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । पाटनमा आयोजित प्रशिक्षण कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ८३ जनाले एमाले प्रवेश गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष लोकेन्द्र बिष्ट, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि धर्मानन्द भट्टसहित ५२ जना, माओवादी केन्द्रका २४ जना, राप्रपाका नन्दराम पन्तसहित ७ जनाले एमाले प्रवेश गरेको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकबहादुर भण्डारीले बताए ।

पार्टी प्रवेश गर्नेहरुलाई एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालले टिका लगाएर स्वागत गरेका थिए ।













