धनगढीमा ढल निकास गर्न उपमहानगरद्वारा १२ सय मिटर ढल प्लास्टिक पाइप बिस्तार सुरु

Image
maya metro

धनगढी –  बर्षौदेखि डुबानको समस्या झेल्दै आइरहेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का जनतालाई राहत हुने भएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र उपमेयर सुशील मिश्र भट्टले बिहीवार पानी निकासका लागि उच्च स्तरको ढल प्लास्टिक पाइप बिच्छ्याउने कामको शिलान्यास गरेका छन ।

nisarga

शिलान्यास गर्दै मेयर वडले बर्षौदेखी डुबानको समस्या झेल्दै आईरहेका २ र ३ वडा बासीलाई डुबानबाट छुटकारा मिल्ने बताए । उनले आफु मेयरमा निर्वाचित भएपछि डुबानको समस्या समाधान गर्ने प्रतिबद्धता गरे अनुरुप अहिले उक्त काम भैरहेको बताए ।

स्थानीय बासीलाई नै उक्त काम गर्न दिएको बताउदै मेयर वडले स्थानीय उपभोक्ता समिती मार्फत काम गर्दा समयमै काम सप्पन्न हुने कुरामा आफू ढुक्क रहेको बताए ।

उपमहानगरपालिकाको करिब २ करोड ७० लाख र उपभोक्ताको करिब ५ लाखको श्रमदानसहित २ करोड ७५ लाखको लागतमा १ हजार २ सय मिटर लामो उक्त ढल प्लाष्टिक पाइप राखिने उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए। उनले उक्त कामका वैशाख मसान्तसम्म सक्नेगरी उपभोक्त समितिसँग सम्झौता भएको बताए। मोहना–अत्तरिया ६ लेन सडकको वडा नम्बर ३ तर्फबाट उक्त नाली मोहना नदीमा लगेर मिसाइने बताइएको छ।