डोटीमा ट्याक्टरकाे ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

Image
maya metro

डोटी – डोटीमा ट्याक्टरकाे ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका – २ साउद काँडाका दुरज साउद रहेको प्रहरीले जनाएको छ ।

बालकलाई शुक्रबार सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तीराज जोशीले जानकारी दिए ।

nisarga

ट्याक्टर चालक धनगढी उप-महानगरपालिका- १६ का २२ वर्षीय नवीन चौधरी र ट्याक्टर पहरी नियन्त्रणमा रहेको जनाईएको छ ।