
धनगढी – कैलालीमा १६ महिले बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
टीकापुर नगरपालिका वडा नम्बर १ मा १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको हो । प्रहरीले उजुरीका आधारमा टीकापुरका १८ वर्षका किशोरलाई पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय टिकापुरले पीडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

















