नेपाल बार एसोसिएशनको चुनाव आज

Image
maya metro

काठमाडौं – नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ । । बारको नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ।

दुई समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्। निर्वाचन समिति सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरिका ३५ ठाउँबाट एकसाथ बिहान ८ बजेदेखि मतदान शुरु भएर दिउँसो ४ बजे सकिनेछ।

nisarga

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि चुनाव हुन गइरहेको छ। निर्वाचनमा ९ हजार ७ सय ८ जना अधिवक्ता मतदाता रहेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७ सय र उपत्यकाबाहिर ३ हजार ५ सय जना रहेका छन्।

निर्वाचनका लागि सर्वोच्च अदालत परिसरमा ४ वटा बुथको व्यवस्था गरिएको छ। उपत्यकामा धेरै मतदाता भएकाले ४ वटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जानकारी दिए।