
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मा गोदावरीमा मेयरकप क्रिकेट प्रतियोगीताको दोस्रो सँस्करण आयोजना हुने भएको छ ।
न्यु ग्वासी सहारा युवा क्लबको आयोजना र गोदावरी नगरपालिकाको प्रायोजकमा चैत्र २८ गते देखि बैशाख ८ गते सम्म क्रिकेट प्रतियोगिता हुने भएको हो ।

शनीबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे जानकारी गराएको हो । चैत्र २० गतेदेखी २६ गतेसम्म टिम दर्ता गरिने अयोजकले जनाएको छ ।
छ ।
प्रतियोगिता प्रथम पुरस्कार १ लाख २१ हजार १ सय ११ र द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ रहेको छ भने त्यस्तै विभिन्न पुरस्कार पनि रहेको न्यु ग्वासी साहारा युवा क्लबका सचिव अरुण प्रसाद भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।















