डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु,७ जना घाईते

Image
maya metro

डोटी – डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाईते भएका छन् ।

जिल्लाको  पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन।

nisarga

जीप के कति कारणले दुर्घटना भएको हो भन्नेबारे पनि खुलेको छैन। अहिले जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी टोली घटना स्थल पुगेको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।