
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको एकता प्रगतीशिल बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी व्यवशाय पुरुस्कार प्रदान गरिने भएको छ । संस्थालाई राष्ट्रिय सहकारी महासंघले पुरुस्कार प्रदान गर्न लागेको हो ।
महासंघले ६५औ सहकारी दिवशका अवसर विभिन्न विद्याका पुरस्कारहरु घोषणा गरेको थियो । सोही अनुसार महासंघले घोषणा गरेको उत्कृष्ट सहकारी व्यवसाय पुरुस्कार – २०७८ एकता प्रगतीशिलले प्राप्त गर्न लागेको संस्थाका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले बताए ।

उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी संस्थालाई पुरस्कृत गरिन लागेको बताए । उक्त पुरस्कार देशका सात वटै प्रदेशका ७ वटा सहकारीहरुलाई प्रदान गरीन लागेको हो । २०६७ सालमा ४१ जना शेयर सदस्यबाट सुरु भएको प्रगतीशिल सहकारीमा अहिले करिब २६ सय जना शेयर सदस्य रहेका छन् ।

















