एशियन लाईफको पाँच दिने पुनरताजकिय तालिम सम्पन्न

Image
maya metro

धनगढी – एशियन लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाको पाँच दिने अभिकर्ता पुर्नताजकिय तालिम आज सम्पन्न भएको छ ।
एशियन लाईफ ईन्स्योरेन्सले चैत्र १६ गतेबाट डोटी शाखा अन्र्तगतका प्रत्येक उपशाखा पाँच दिने अभिकर्ता पुर्नताजकिय तालिम दिएको थियो ।

एशियन लाईफ ईन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख लोकराज जोशी र डोटी शाखा प्रबन्धक नवराज पण्डितको संयोजकत्वमा तालिम संचालन भएको हो ।
तलिममा अभिकर्ताहरुलाई बिषम परीस्थितीमा कसरी अभिकर्ताको भुमिका निर्वाह गर्न सकिन्छ र बजारमा अभिकर्ताले कसरी प्रस्तुत हुने सन्दर्भमा जानकारी गराईएको थियो ।
अभिकर्ता पुर्नताजकिय तालिममा करीब ३ सय ५० जनाको सहभागीता थियो । तालीममा गत आर्थिक बर्षका उत्कृष्ट ८० जनालाई सम्मान समेत गरेको थियो ।

nisarga