गोदावरीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका विद्यालयमा दिवा खाजा कार्यक्रम कार्यक्रम प्रभावकारी देखीएको छ । कार्यक्रमबाट गोदावरी नगरपालीकाका करिब ९ हजार बालबालिका लाभान्वीत भएका छन् । विद्यालयमा दिवा कार्यक्रम खाजा लागु भएपछी भोक लागेकै कारण बिचमा पढाई छाडेर घर जाने प्रवृत्तिको अन्त्य भएको बताईएको छ । गोदावरी नगरपालीका ४ मा रहेको दुर्गा मा वि हाटखोलीका प्रधानाध्यापक कर्ण बहादुर साँउदले विधालयमा दिवा खाजा कार्यक्रम लागु भएपछी विद्यार्थीहरुमा नियमित विधालय आउने बानी परेको बताए ।

नगरपालीकाले दिएको मेनु बमोजीम खुवाउन भने समस्या भएको उनले बताए । दिवा खाजाकै कारण विद्यालयमा उपस्थीती राम्रो रहेको छ उनले भने “१५ रुपैया बराबरको खाजा बच्चालाई खुवाउनु पर्ने भएकोले त्यसकालागी चाहिने अन्य जनशत्तिको मार भने विद्यालयलाई परेको छ ।” नगरपालीकाको वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना मा वि का प्रधानाध्यापक शिवराज जोशीले दिवा खाजा लागु भएपछी बिचमा पढाई छाडेर घर जाने प्रवृत्तिको अन्त्य भएको बताए ।

nisarga
खाजा खाँदै गोदावरी नगरपालीका वडा नम्बर ११ मा रहेको सरस्वती मा वि ओलानीका बालबालीका । तस्विर :मुकेश भट्ट/ शिक्षक सरस्वती मा वि ओलानी

दिवा खाजा कार्यक्रम सामुदायीक विद्यालयमा एकदमै प्रभावकारी छ उनले भने “बच्चाहरु छ सात घण्टासम्म भोकै बस्ने गरेका थिए खाजा कार्यक्रम लागु भएपछी थोरै भएपनी राहत भएको छ,विधार्थीले भागेर जााने समस्याको अन्त्य भएको छ ।” प्रति विधार्थीलाई १५ रुपैयाका दरले खाजा खुवाउन सामुहिक रुपमा बनाउँदा पुग्ने भएपनी खाजा बनाउने तथा भाँडा धुने जनशत्ति व्यवस्थापनमा भने कठीनाई भएको उनले बताए । हालसम्मको प्रयास राम्रो भएको र यसलाई अझै व्यवस्थीत गरि केहि रकम वृद्धी गर्न सके उदेश्य अअनुरुपको नतिजा आउने उनको भनाई थियो ।

प्रधानाध्यापक जोशीले आफ्नो विद्यालयामा आँउदो शैक्षीकसत्रमा छुट्टै भान्सा कोठाको व्यवस्था गरि उत्त कार्यक्रमलाई थप व्यवस्थीत गर्ने बताए । त्यस्तै गोदावरी नगरपालीका ८ मा रहेको समैजी मा वि का प्रधानाध्यापक कुन्ती ओलीले पनी दिवा खाज कार्यक्रम विधालयमा प्रभावकारी देखीएको बताईन् । उनले सामुदायीक विद्यालयमा अध्ययन गर्ने विधार्थी प्राय सबै कमजोर पारीवारीक अवस्थाका हुने भएकाले पनी दिवा .खाजा लाभदायक भएको बताईन् । हामीसंग उपलब्ध प्राय सबै विधार्थी निम्न पारीवारीक अवस्थाका नै छन् उनले भनीन् घरबाट खाजा कसैले बोकेर ल्याँउदैनन्,दिउँसोको समयमा भोक लाग्यो भन्दै घर जान्थे अहिले त्यो समस्या पनी कम भएको छ ।

खाजा खाँदै गोदावरी नगरपालीका वडा नम्बर ४ मा रहेको दुर्गा मा वि हाटखोलीका बालबालीका । तस्विर: कर्ण बहादुर साँउद/ प्रधानाध्यापक दुर्गा मा वि हाटखोली

गत शैक्षीक सत्रसम्म खाजा बाफतको १५ रुपैँया विधार्थी हाँजीरीको आधारमा नगद नै दिने गरिएको थियो उनले भनीन तर नगद दिँदा प्रभावकारी भएन । समैजी मा वि मा खाजा खुवाउने जिम्मा लिएकी उषा बोगटीले आफुहरुले नगरपालीकाले उपलब्ध गराएको मेनु बमोजीम नै खाजा खुवाउँदै आएको बताईन् । एउटा विधार्थीलाई १५ रुपैयाको २५० ग्राम बराबर खाजा खुवाउँदै आएको बताईन् । खाजा कार्यक्रम संचालन गर्नकालागी प्रत्येक विद्यालयमा सुरक्षीत रुपमा खाना पकाउने र भण्डारण गर्ने कक्ष सहितको भान्सा भएमा सहज हुने शिक्षकहरुको भनाई छ । गोदावरी नगरपालीका भित्र रहेका ५७ ओटा सामुदायीक विधालयमध्य ५४ ओटा विधालयमा दिवा खाजा कार्यक्रम लागु रहेको गोदावरी नगरपालीका शिक्षा शाखाका प्राविधीक सहायक विष्णु अवस्थीले जानकारी दिए ।

खाजा खाँदै गोदावरी नगरपालीका वडा नम्बर ७ मा रहेको दुर्गा भवानी मा वि जमुनानगरका बालबालीका । तस्विर: भिम बहादुर खड्का /शिक्षक दुर्गा भवानी मा वि जमुनानगर

अहिंसावादी विश्वशान्ति धर्मचक्र,गोदावरी गुरुकुल सँस्कृत विधापिठ र मदरसा अल्जामियतुल खातीमा गरि तिन ओटा विधालयमा भने खाजाको रकम जाने गरेको छैन । प्राविधीक सहायक अवस्थीले यि तिन ओटा विद्यालय धार्मीक क्षेत्रका भएकाले पढाईकालागी त्यहाँका विधार्थीहरु नजीकको पायक पर्ने विद्यालयमा जाने गरेको बताए । सबै विद्यालयहरुले खाजा खुवाउने समयमा पालो निर्धारण गरि तल्लो कक्षालाई प्राथमिकतामा राख्दै आएका छन् । आर्थीक वर्षको दोस्रो चौमासिक सम्म नगरपालीकाले दिवा खाजा शिर्षकमा करिब ६३ लाख रुपैँया निकासा गरेको गोदावरी नगरपालीकाका आर्थीक प्रशाशन शाखा प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । “विद्यालयहरुले विधार्थी हाँजीरीको आधारमा बिल लिएर आँउछन् हामीले त्यहि अनुसार भुत्तानी गर्दै आएका छौँ” जोशीले भने ।

खाजा खाँदै गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना मा वि अत्तरियाका बालबालीका । तस्विर: शिवराज जोशी /प्रधानाध्यापक दुर्गालक्ष्मी नमुना मा वि अत्तरिया

दिवाखाजा प्रभावकारीता सम्बन्धी नगरपालीकाका सबै सामुदायीक विद्यालयमा जनशत्तिले भ्याएसम्म अनुगमन गरिदै आएको गोदावरी नगरपालीकाका शिक्षा शाखा प्रमुख बसन्त खत्रीले जानकारी दिए । हामीले अनुगमनका क्रममा सबै विधालयले मेनु अनुसार नै खाजा ख्वाएको पाँउछौ उनले भने “बालबालीकाहरु निकै सन्तुष्ट पाएका छौँ,मुख्य कुरा यहि हो ।” १५ रुपैँया कम जस्तो लागेपनी सामुहिक रुपमा खाजा खुवाउन यति रकमले पुग्ने उनको भनाई छ । हरेक विधालयले आन्तरीक रुपमा यस्को व्यवस्थापन गर्दै विद्यालयमा गरिएको हाँजीरीको आधारमा स्थानीय तहसंग रकम माग गर्नुपर्ने हुन्छ । विद्यालयमा विधार्थी टिकाउन, सिकाईमा प्रेरित गर्न र पोषणयुक्त खाजा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ दिवा खाजा कार्यक्रम लागु भएको हो ।