
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका भित्रका बालबालिकाहरुलाई चैत्र २३ गतेदेखी टाइफाइड विरुद्धको खोप लगाईने भएको छ ।
गोदावरी नगरपालीकाको स्वास्थ्य शाखाले सोमबार टाइफाईड विरुद्धको खोप अभियानलाई लक्षीत गरि अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । शाखाले नगर स्तरीय खोप समुन्वय समितिकालागी आभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । टाइफाइड रोग विरुद्ध राष्ट्रिय खोप अभियान संचालनका लागि आयोजना गरिएको अभिमुखिकरणमा खोप कार्यक्रम संचालनको मोडेलका बारेमा छलफल गरिएको थियो ।

गोदावरी नगरपालीकाका जनस्वास्थ्य अधिकृत नवराज अवस्थीले गोदावरी नगरपालीकाका विधालयमा टाइफाइड विरुद्धको खोप अभियान चैत्र २३ गतेदेखी सुरु हुने बताए । देशभर यो कार्यक्रम २५ गतेदेखी लागु हुने भएपनी गोदावरीका अधिकांस विधालयले परिक्षाको मिती तोकिसकेकाले २३ गतेदेखी नै संचालन गर्न लागीएको उनले बताए ।
उनले ९३ खोपकेन्द्र रहने तथा प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य संयमसेविका र एक जना महिला शिक्षिकका सहभागि रहने बताए ।खोप लगाएपछि टाइफाइड रोगबाट जोगिन मद्दत पुग्ने उनको बतााईएको छ । विद्यालय उमेर समूहका बालबालिका बाहेक १५ महिनादेखि ४ वर्ष उमेर समुहका बालबालिकालाई एचएमआईएसको तथ्यगत आधारमा खोप दिने तयारी सरकारको छ ।














