बैतडीमा ७८ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइने

Image
maya metro

बैतडी – बैतडीका ७८ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइने भएको छ । जिल्लाका १० वटै स्थानीय तहका बालबालिका गरि ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार अभियानकै रुपमा टाइफाइड खोप लगाइने भएको छ । अभियान यही चैत्र २५ गते शुरु भएर आगामी वैशाख ८ गते सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

nisarga

१५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लगाइने खोप अभियानका लागि ६ सय २० स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वयंसेवक पनि परिचालन गरिने जनाइएको छ ।

अभियानका लागि ५ सय ८६ खोप केन्द्र तोकिएका छन्। खोप केन्द्र विद्यालय, स्वास्थ्यचौकीमा राखिएका छन् ।