
धनगढी – विद्यार्थीहरुले धनगढीको खप्तड टेक्निकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीको अभाव र विद्यालयले कुनै पनि शैक्षिक सामाग्रीमा चासो नदेखाए पछि विद्यार्थीहरु आन्दोलित भई तालाबन्दी गरेका हुन ।
लाइब्रेरीमा विद्यार्थीहरुलाई चाहिने पुस्तक, कम्युटर ल्यावमा अधिकांश बिग्रेका कम्युटर व्यबस्थापनका बिषयमा कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु परेको खप्तड टेक्निकल कलेजमा अध्यनरत विद्यार्थी चन्द्र भट्टले बताए ।

‘पढाई सुरु भएको चार महिना पुगिसक्यो’ विद्यार्थी पुष्पराज भट्टले भने–‘रकम मात्रै असुल्ने गुणस्तरीय शिक्षामा चासो दिएको छैन ।’ उनले भने शिक्षकहरु नआएको एक महिना भयो परिक्षा लिने भनेर भन्छन पढाइ नभएर कसरी परिक्षा दिने हो रु पहिला पनि विद्यार्थी बिरोध गर्न थालेपछि शैक्षिक गुणस्तर सुधार्न सबै व्यबस्थापन गर्छु भनेतापनि अहिले सम्म कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।















