बझाङमा जीपमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

Image
maya metro

बझाङ – बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से१ज ६७६ नम्बरको जीपमाथी भिरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको हो।

चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदैछ। जीपमा अरु कोही पनि सवार नभएको प्रहरीले जनाएको छ।

nisarga

रासस