
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ की सरिता पोखरेल दैनीक रुपमा बिहान ४ बजे योग गर्न निस्कीन्छीन् । विगत १८ वर्षदेखी निरन्तर योग गर्दै आएकी उनले योग गरेरै आफुले क्यान्सरबाट छुटकरा पाएको बताईन् । २०५० सालमा सासुलाई स्तन क्यान्सर भएपछी बचाउन अनेक प्रयास गरे,थुप्रै पैसा खर्च गरे तर सफल भएनौँ उनले भनीन् नभन्दै म आफैलाई पनी स्तन कयान्सर भइसकेछ, एकदुइ दिन महिनावारी हुने बेला भएर दुखेको होला भन्ने ठाने, त्यसो होईन रहेछ ।”
अकस्मात लगातार स्तन दुखीरहने,लुगा समेत लगाउन नमील्ने भएपछी अस्पताल जाँदा क्यान्सरको सिकायत छ भनेपछी छाँगाबाट खसेजस्तै भए उनले भनीन् “सासुको स्तन काटेर फालीसकेपछी पनी शरीरका अन्य भागमा सर्दै गएको भएर डराएको मेरो परिवार मलाई पनी क्यान्सर भयो भनीसकेपछी अस्पताल भन्दा योग पठाउन तयार भयो ।” २०६५ सालमा डाक्टरले क्यान्सरको सिकायत भनीसकेपछी दोस्रो पटक अस्पताल नै नगएको र दुखाईको लागी एक गोली औषधी समेत नखाएको,योगले नै सबै निर्मुल गरेको उनले दावी गरिन् । कसैले विधी पुर्याएर योग गर्दा जस्तोसुकै रोग पनी निको हुन्छ भनेर सरिताका श्रीमानलाई सुनाएको थियो, श्रीमानकै करले उनी नियमित योग जान थालीन ।

स्तन बढेर,दुखेर,ब्लाउज लगाउन नमिलेर कतिदिन कोठाभित्रै सल ओढेर,ढोका थुनेर बसेको,योग गर्न जाँदा समेत सल ओढेर गएको उनले सुनाईन् । योग गर्न गएपछी केहि दिनमै सकरात्मक संकेत देखीएको उनले बताईन् । स्तनबाट पीप आउँथ्यो ,स्तन हल्लीएर केहि गर्नै नसकिने भएको थियो ,योग गर्दा केहि दिनमै स्तन घट्न थालेको,दुखाइ कम भएको महसुस हुन थाल्यो,बल्ल अब चाँहि बाँच्छु जस्तो लाग्यो उनले भनीन् “त्यसपछी त योग गर्न झन् जाँगर चल्यो,४ महिना नबित्दै मेरो स्तन साइजमा आयो ।”
योग गरेरै आफ्ना अन्य रोगहरु समेत निर्मुल भएको उनले बताईन् । योग गरेरै आफ्नो थाइराइड कम भएको,घाँटीमा भएका गाँठागुठी हराउँदै गएको,महिनैपिच्छे हुने टाइफाइडबाट मुत्ति पाएको र आफुमा भएको सुगर,प्रेसरको समस्या पनी कम भएकाले औषधी सेवन गर्न छोडेको उनको भनाई छ । निरन्तर योगबाट क्यान्सर जस्तो रोग समेत जितेकी उनले क्यान्सरबाटै २०७० सालमा सासु र २०७५ मा श्रीमानलाई गुमाइसकेकि छिन् । “सासुलाई अस्पतालको ओखतीले रोकथाम मात्रै गर्यो, श्रीमानले हामीलाई जानकारी नै दिनुभएन्,घाँटी दुख्यो भन्दै पेन किलर ल्याएर खाने,हामीसंग छुपाउने गर्नुभएको रहेछ अन्तीम अवस्थामा पुगीसकेपछी थाहा पाएपछी बचाउन सकिएन उनले भनीन्, ।” तन,मन दिएर,म बाँच्नुपर्छ,निको हुनुपर्छ भन्ने सोचर विधी बमोजीम १२० दिन योग गर्दा जुनसुकै रोगपनी निको हुने उनले दावी गरिन । उनले भनीन् “तर योग गर्दै छु भनेर योग स्थलमा उपस्थीत हुने, विधी नपुर्याउने,योग गुरुले भने बमोजीम खानपानमा ध्यान नदीने हो भने त भन्न सकिन्न ।”
रगत नबन्ने समस्याबाट योग गरेरै मुत्ति पाएकी कौशिल्या चौधरी
गोदावरी १ की अर्की महिला यसोदा चौधरी करिब १० वर्ष पहिले शरीरमा रगत नै नबन्ने समस्याबाट ग्रसति भईन, थुप्रै अस्पताल धाँउदा समेत उनको उपचार सम्भव भएन बरु डाक्टरले अब पाँच दिनमात्रै बाँच्नुहुन्छ भन्दै धेरै पैसा खर्च नर्गन र घरमै बस्न सुझाव दिए । ‘मलाई खुन नै नबन्ने रोग थियो, धनगढी, अत्तरिया सबै ठाउँ देखाएर अन्तमा काठमाण्डौ जाँदा डाक्टरले ५ दिन मात्रै बाँच्नुहुन्छ भनेर मेरो श्रीमानलाई भन्यो’ उनले भनीन “‘त्यहाँबाट आएपछि हरिद्धार गयौ, हरिद्धारमा योगको बारेमा जानकारी पाएपछि योगले रोग ठिक हुन्छ की भन्ने आशाका साथ योग गर्न सुरु गरे, आजकल म स्वस्थ छु ।’ बिहान ३ नबज्दै उठेर योग गर्ने गरेको उनले सुनाईन् । उनले योग सुरु गरेको ६ महिनामै आफ्नो रोग निको भएको बताईन् । ४१ वर्षिया उनले आफु निरन्तर ९ वर्षदेखी योग गरिरहेको बताईन ।















