आज र भोली उम्मेदवारी दर्ता, के के चाहिन्छ कागजात? (सूचीसहित)

Image
maya metro

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी निर्वाचन आयोगले आज र भोली उम्मेदवारी दर्ताको समय राखेको छ ।

आयोगले उम्मेदवारी दिन इच्छुक व्यक्तिले आवश्यक कागजात लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन भनेको छ।

nisarga

उक्त दुई दिनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ।

यधपी कतिपय पालीकामा खटीएका निर्वाचन अधिकृतले दर्ता प्रक्रिया सहज होस भनी हरेक राजनितीक दलहरुलाई १० देखी ५ बजेभित्रको छुट्टाछुट्टै समय दिएका छन् ।

निर्वाचन आयाेगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन निम्न बमाेजिम ​ कागजातहरु आवश्यक रहेकाे जनाएकाे छ।

प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्ष पदका लागि

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,

३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,

४. सम्बन्धित पालिकाको कुनै एक वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

५. उम्मेदवारको स्वघोषणा

त्यस्तै, वडा अध्यक्ष र सदस्य पदका लागि

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,

३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,

४. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

५. उम्मेदवारको स्वघोषणा

त्यसैगरी, दलित महिला वडा सदस्य पदका लागि

१‍. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,

३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,

४. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

५. उम्मेदवारको स्वघोषणा,

६ सम्बन्धित पालिका वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणपत्र

आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षले १५ सय रूपैँया, वडाध्यक्षले एक हजार र वडा सदस्यले ५ सय रूपैँया तोकेको छ।

महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशतले छुटपनि दिइने आयोगले जनाएको छ।