बैतडीमा निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक

Image
maya metro

बैतडी – बैतडीमा निर्वाचन अवधिभर मदिरा विक्री वितरण गर्न नपाइने भएको छ। प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको संयोजकत्वमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले जिल्लामा २६ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाएको हो।

आसन्न स्थानीय तहको निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा गर्न पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताएका छन्। स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन मदिरा विक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

nisarga