
बाजुरा – बाजुराको बुढीगंगा नगरपालिका-५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ।
मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको बताइएको छ।

प्रत्यक्षदर्शी अनुसार दुवै पक्षबीच ढुंगा हानाहान भएको हो।
झडपका क्रममा मतदान व्यवस्थापनमा राखिएका सामग्रीहरु तोडफोड भएका र दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको जनाइएको छ।














