बैतडीको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार जोशी विजयी

Image
maya metro

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी भएका छन्।

जोशीले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पार्दै जित हासिल गरेका हुन्।

nisarga

अध्यक्षमा सन्तोषले ३ हजार १ सय ८९ मत ल्याई विजयी हुँदा माओवादी केन्द्रका रानाले २ हजार ६ सय ४१ मत मात्रै ल्याएका छन्।

गाउँपालिकाको उपाध्यक्षमा भने बाम लोकतान्त्रिक गठबन्धनमा उम्मेदवार भगीरथ बोहरा विजयी भएका छन्।

उपाध्यक्ष बोहराले ३ हजार ८ सय ७३ मत ल्याउँदा एमाले उम्मेदवार लिलावती जोशीले २ हजार ७ सय ७९ मत ल्याएका छन्।