
अत्तरिया – राजनीतिमा सक्रिय महिलामाथी सञ्चार माध्यममा हुने लैंगीक हिंसाको विश्लेषण सम्बन्धीको तीन दिने गोष्ठी धनगढीमा सुरु भएको छ ।
गोष्ठी पानोस साउथ एशिया(PANOS SAUTH ASIA) को आयोजना तथा यु एस ए आइडीको सहयोगमा बिहिबारदेखी सुरु भएको हो । तीनदिनसम्म चल्ने उत्त गोष्ठीमा राजनीतिकर्मी,मानवअधिकारकर्मी,नागरिक समाजका अगुवा तथा पत्रकार गरि २० जनाको सहभागीता रहेको छ ।

अक्टोबर २०२१ देखी पानोस साउथ एशिया ले नेपालमा सुचना प्रणाली तथा लोकतान्त्रिक अधिकारलाई कमजोर बनाउन भूमीका खेलीरहेका नकरात्मक पक्षहरुको पहिचान गर्ने कार्यको सुरुवात गरेको थियो ।
यस पहल अन्र्तगत भ्रामक तथा मिथ्या सुचनाको प्रसारको पहिचान गरिएको थियो । यो अध्ययन नागिरिकहरुलाई सुसूचित गर्न र राजनीतिक निर्णय लिन चाहिने पर्याप्त जानकारी दिन प्रयासरत छ ।


















