
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गरेका छन् । प्रधानमन्त्री निवासमा मेयर भट्टले प्रधानमन्त्री भेटेका हुन । भेटका क्रममा भट्टले प्रधानमन्त्री समक्ष गेटा मेडिकल कलेज छिटो सन्चालन गरिदिन आग्रह गरेको बताईएको छ ।
प्रधानमन्त्री देउवाले आगामी संघिय सरकारको बजेट मार्फत कलेज सन्चालन हुने बताएका छन । प्रधानमन्त्री देउवाले जती सक्यो चांडो कलेज सन्चालन गर्ने प्रतिबद्धता समेत जनाएका बताईएको छ ।

सरकारको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज सन्चालन बारे केही कुरा नआएपछि स्थानिय ले बुधबार देखी बिरोध सुरु भएपछी मेयर भट्ट प्रधानमन्त्री भेट्न काठमाडौं गएका थिए ।


















