सेनाद्वारा विद्यार्थीका लागि आत्मरक्षा तालिम सञ्चालन

Image
maya metro

बैतडी – बैतडीमा नेपाली सेनाले विद्यार्थीका लागि आत्मरक्षा तालिम र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जिल्लास्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीका लागि आत्मरक्षा तालिम र स्वास्थ्य शिविरको आयोजना गरेको हो।

जनतासँगको सहकार्यमा स्थानीय विद्यालयहरूसँग समन्वय गरी आत्मरक्षा तालिम सञ्चालन गरिएको हो।

nisarga

१० हप्तासम्म सञ्चालन हुने आत्मरक्षा तालिममा उक्त विद्यालयका ३० विद्यार्थीको सहभागिता रहेको छ। आत्मरक्षा तालिममा सितोरियो कराते सिकाइने छ। साथै सितोरियो कराँतेलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा सितोरियो कराँते डोजो त्रिपुरा बैतडीलाई थप शसक्तीकरण गरी जिल्लाको खेल क्षेत्रमा योगदान पुर्‍या उनमा सहयोग होस भन्ने उदेश्यले २० हजार बराबरको सामग्री सितोरियो कराँते गियर सितोरियो कराँतेकी प्रशिक्षक हेमा भट्टलाई दिइएको छ।

आत्मरक्षा तालिमले पढाइको साथसाथै खेलमा रुची जगाउने, विद्यार्थीहरु शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा सबल र सामाजिक रुपमा घुलमिल हुन सक्ने जीवनमा आइपर्ने सक्ने चुनौतीहरूको सामना गर्न, आत्म सुरक्षा लगायत महिला मैत्री समाजको समेत विकास गर्नमा योगदान पुगाउने विश्वास गरिएको छ।