
बाजुरा – लगातारको वर्षाले बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।
जिल्लाको बुढीगंगा नगरपालिका-१ बल्देमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो। पहिरो पन्छ्याउने काम भइरहेको बताइएको छ।

तर बिहानैदेखि वर्षा भइरहेकाले पहिरो अझै खसिरहेको हुँदा सडक खुल्न समय लाग्ने बताइएको छ।













