पहिरो खसेपछि बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध

Image
maya metro

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ।

राजमार्गको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

nisarga

सडकमा पहिरो खसेपछि अहिले सवारी साधन ठप्प बनेका छन्। पहिरो पन्छ्याउनका लागि प्रयास भइरहेको प्रहरीले बताएको छ।