
बैतडी – बैतडीमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ।
जिल्लाको पुर्चौडी नगरपालिका १ बसन्तपुर हाट बजारमा आइतबार राति पसलमा आगलागी हुँदा ३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार कमलसिंह ठाकुरको मिठाई पसलबाट खाना बनाउने बेला ग्याँस लिक भएर आगलागी भएको हो।
पसलमा लागेको आगो राति प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।












