बैतडीका स्थानीय तहमा विद्युतीय भुक्तानी सेवा सुरु

Image
maya metro

बैतडी – बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन्।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)मार्फत् भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको हो।  चेकमार्फत् कारोबार झन्झटिलो हुँदै आएकामा अब भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुनेछ।

nisarga

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकामा यहाँका तीन पालिकाले एक महिना अगावै विद्युतीय भुक्तानी सुरु गरेको हो।