बाजुराको बुढीगंगामा भोलि मतदान, १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Image
maya metro

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन भोलि बिहीबारलाई तय गरिएको छ।

वैशाख ३० गतेको निर्वाचन स्वच्छ र स्वतन्त्र रुपमा हुन नसकेपछि निर्वाचन आयोगले बुढीगंगाको निर्वाचन स्थगित गरी पुन: निर्वाचन गराउने निर्णय गरेको थियो । १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुन: मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता रहेको छ ।

nisarga

दशवटै मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन् । मंगलबारदेखि उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेका छन् ।

मंगलबारदेखि उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेको नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। नेपाली सेना पनि नजिकै रहने भनिएको छ ।

मतदानस्थल रहेको विद्यालयमा एक साताअघिदेखि नै बिदा दिइसकिएको छ भने मंगलबारदेखि तीन दिन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन् । मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ ।