बुढीगंगामा जारी मतदानमा फेरि विवाद,प्रहरीद्वारा हवाई फायर

Image
maya metro

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ। बुढीगंगाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएको हो। फर्जी मत खसाएको विषयमा विवाद भएपछि दलका कार्यकर्ताहरुबीच झडप भएको प्रहरीले जानकारी दिएको छ।

झडप एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। अहिले मतदानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। मतदान पुनः सुरु गर्न प्रयास भइरहेको प्रहरीको भनाइ छ।

nisarga

यसअघि वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएर मतदान रद्द भएको थियो। यहाँ नगर प्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्। नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा १ बजे सम्म ५२ दशमलव ४५ प्रतिशत मत खसेको छ ।