
बैतडी – बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
आइतबार बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।

दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
क्षतिबारे भने कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।













