अनुमति नलिई प्याराग्लाईडिङ्ग गरे कारबाही

Image
maya metro

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत फ्लाइट सेफ्टी स्टाण्डर्डस् विभाग काठमाडौंले अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा कारबाही गरिने बताएको छ।

सभा, सम्मेलन, महोत्सव र नयाँ व्यवसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान भएका सूचना प्राप्त भएकोले त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको छ।

nisarga

अनुमति लिएर मात्र यस्ता उडान गर्नुपर्ने प्राधिकरणको भनाइ छ। तोकिएको आधार क्षेत्रभन्दा बाहेक क्षेत्रमा अनुमति वेगर प्याराग्लाईडिङ्ग उडान नगर्न प्राधिकरणले चेतावनी दिएको छ।

अनुमति नलिई प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा प्याराग्लाईडिङ्ग कम्पनीको सञ्चालन प्रमाण पत्र खारेज गरिने पनि प्राधिकरणको भनाइ छ।

यस्तै प्याराग्लाईडिङ्ग पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्म कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको हो।