बैतडीको दशरथचन्दले करारका कर्मचारीको अवधि नथप्ने

Image
maya metro

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले करारका कर्मचारीको अवधि नथप्ने भएको छ।

असार ३० गते बसेको नगरकार्यपालिकाको बैठकले नगरभित्रका विद्यालयमा नगर अनुदानमा कार्यरत शिक्षक, खेलकुद प्रशिक्षक, लाइब्रेरियन र कम्प्युटर शिक्षकको साउन १ गतेदेखि करार अवधि नथप्ने निर्णय गरेको हो।

nisarga

दरबन्दी शून्य अथवा अपुग भएका विद्यालयमा नगर प्रमुखस्तरीय निर्णयबाट पदपूर्ती गर्ने बताइएको छ।

परामर्श सेवाबाट २०७४ सालपछि प्रक्रिया पूरा नगरी नियुक्त गरिएका प्राविधिक कर्मचारी, अप्राविधिक कर्मचारी र सामाजिक परिचालकहरुलाई समेत हटाउने निर्णय भएको छ।