बैतडी नागरिकतामा केरमेट गरी सातजनाले लिए वृद्धभत्ता

Image
maya metro

बैतडी – बैतडीमा सातजनाले जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिएको खुलेको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार दशरथचन्द नगरपालिकाका सात जनाले नागरिकतामा आफैँले जन्ममिति बढाएर वृद्धभत्ता लिइरहेको खुलेको हो।

nisarga

वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि अनुसन्धान गर्दा सामाजिक सुरक्षा भत्ता अन्र्तगत वृद्धभत्ता लिने गरेको पाइएको हो।

बैतडीमा जन्मतिति बढाएर वृद्धभत्ता लिनेको संख्या २२ पुगेको छ। जन्ममिति सच्याएर कोहीले २०५२ सालदेखि त कोहीले २०७६ सालदेखि भत्ता खाइरहेका पाइएको छ।

जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सामाजिक सुरक्षा ऐन र नागरिकता ऐन अनुसार कारबाही हुने भारतीले बताए। नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्तर्गत पनि कारबाही हुन्छ। उमेर केरमेट गरी भत्ता लिनेहरूले अहिलेसम्म लिएको रकमको दोब्बर जरिवाना गराउनुका साथै नागरिकता ऐन अन्तर्गत कारबाही हुने भारतीले बताएका छन् ।