बैतडीमा सवारी दुर्घटनामा एक वर्षमा २४ जनाको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा सवारी दुर्घटनामा परेर एक वर्षको समय अवधिमा २४ जनाको ज्यान गएको छ । गत आर्थिक वर्ष २०७८।७९ मा १३ वटा सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक वर्षमा ५ वटा जिप, ३ वटा मोटरसाइकल, २ ट्याक्टर, एक बस, एक टिप्पर र एक मिनी ट्रक दुर्घटनामा परेका छन् । ती सवारी दुर्घटनामा १५ पुरुष, ५ महिला र ४ बालकको ज्यान गएको जानकरी दिए । यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका हुन । ट्राफिक नियम पालना नहुनु, कच्ची सडकलगायतका कारणले सवारी दुर्घटना हुने गरेको बताएको छ । तेसतै एक वर्षमा ३ हजार ८ सयभन्दा बढी सवारीसाधनलाइ ट्राफिक प्रहरीले कारबाही गरेको छ जनाएको छ ।

nisarga

गत आर्थिक वर्ष २०७८।७९ मा ३ हजार ८२६ सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गर्ने कारबाही गरिएको हो । ट्राफिक नियम उल्लंघन गर्ने ४१५ ट्रक–ट्याङ्कर, ६४ वर्ष, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख रामसिंह भण्डारीले जानकारी दिए । यस्तै ३०२ ट्याक्टर, ७७२ मोटर साइकल र १४० वटा अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपदार्थ सेवन गरेका, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तीव्र गति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारीसाधन कारबाहीमा परेका जनाएको छ । सवारीसाधन कारबाहीबाट २१ लाख १८ हजार राजस्व संकलन भएको छ जनाएको छ ।