बाजुराका ३८६ जना बालबालिकामा कुपोषण

Image
maya metro

बाजुरा – बाजुरा जिल्लाका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ। पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो।

पोषण पुनस्र्थापना गृह बाजुराका निर्मला विकका अनुसार जिल्लाको नौवटै स्थानीय तहका एक हजार ४१४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना बालबालिकामा कुपोषण देखापरेको हो। कुपोषण देखिएका ३८६ मा २७२ जनामा मध्यम र ११४ बालबालिकामा कडा खालको कुपोषण दखिएको छ। बाजुराको बडीमालिका, स्वामिकार्तिकलगायत गाउँपालिकामा अन्य पालिकाकाभन्दा बढी बालबालिकामा कुपोषण देखापरेको जनाइएको छ।

nisarga

गर्भवती भएका बेलामा आमाले दही, दूध, माछा, मासु, अण्डा तथा पहेँला फलफूललगायतका पौष्टिक आहारजस्ता खानेकुरा खानुपर्छ। त्यस्ता खानेकुरा खान नपाएका गर्भवती महिलाबाट जन्मिएका बालबालिकामा नै कुपोषण देखिने बताइन्छ। कुपोषण देखिएका बालबालिका र उनीहरूका आमालाई अहिले पोषण पुनस्र्थापना गृहले पौष्टिक आहारको व्यवस्था मिलाउँदै आएको छ। कुपोषित बालबालिकालाई विभिन्न पोषण आहाराको व्यवस्था मिलाएर उनीहरूको कुपोषण नर्मल भएपछि मात्र घरमा पठाउने गरेको प्रमुख विकले जानकारी दिईन् ।

त्रिवेणी नगरपालिका–८ की भुजा नेपालीले आर्थिक अवस्था कमजोर भएकाले बालबच्चालाई पौष्टिक खानेकुरा खुवाउन नसकिने बताईन् ।

बालबालिकामा कुपोषण देखापरेकाले अहिले विभिन्न पोषणसम्बन्धी कार्यक्रम सञ्चालन ल्याएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।